site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्टरनेटमा भएका सामग्री सधैंका लागि हराए के होला ?

काठमाडौं । अहिलेको समयमा इन्टरनेट अथाह सामग्रीको भण्डार हो । हामीले पढ्ने, हेर्ने, सुन्ने सबैजसो कुरा इन्टरनेटमै छन् ।

हामीले पढ्ने समाचार इन्टरनेटमै उपलब्ध हुन्छ । खोज–अनुसन्धानका निष्कर्ष, इतिहास, कला संस्कृतिसँग जोडिएका विषयदेखि हामीले पाउने ज्ञान र भविष्यलाई निर्धारण गर्ने कयौं कुराहरू इन्टरनेटमै छन् ।

आधुनिक जिवनलाई आकार दिने यस्ता जानकारी रहेका अर्बाैं वेबपेज इन्टरनेटमा छन् ।  यसरी विश्वभर मानिसहरू पुस्तक, फोटो, समाचारजस्ता स्रोतका लागि वेबपेजमा निर्भर भइरहँदा यस्ता कन्टेन्ट भने इन्टरनेटबाट हराउन थालेका छन् ।

एक अमेरिकी थिंक ट्यांक प्यू रिसर्च सेन्टरको अध्ययनले पछिल्लो एक दशकमा इन्टरनेटबाट एक चौथाई सामग्री हराएको देखाएको छ ।  त्यस्ता वेबपेज डिलिट भएका र लिंक हटाइएका कारण कन्टेन्ट हराएको आकलन गरिएको छ ।

interne-1734663707.jpg
 

उक्त रिसर्चका अनुसार पूराना कन्टेन्टका हकमा हराउने दर उच्च छ ।  सन् २०१३ मा अस्तित्वमा रहेकामध्ये ३८ प्रतिशत कन्टेन्ट अहिले गायव भएका छन् ।  सन् २०२३ मा पहुँचयोग्यमध्ये ८ प्रतिशत कन्टेन्ट गायव भएको रिपोर्टले जनाएको छ ।

प्यू रिसर्च सेन्टरले ‘डिजिटल डिके’ भनेको यो स्थिति सरकारी र समाचार वेबसाइट एवम् विकिपिडियाका रिफरेन्समा राखिएका वेबसाइटमा आधारित छ । अध्ययनले ५४ प्रतिशत विकिपिडियाका पेजमा कम्तिमा एउटा रिफरेन्स लिंक अस्तित्वमा नरहेको पाएको छ । 

हालको एक्समा पोस्ट गरिएका पाँचमध्ये एक पोस्ट एक महिनाभित्र डिलिट हुने, अकाउन्ट नै डिलिट हुने वा सस्पेन्ड भएर नदेखिने गरेको अध्ययनले देखाएको छ । टर्किस एवं अरबिक भाषामा भएका करिब ४० प्रतिशत पोस्ट तीन महिनापछि नदेखिने गरेको जनाइएको छ ।

कसरी गरियो अध्ययन ?

प्यू रिसर्च सेन्टरले यसका लागि कमन क्रल वेबसाइटको अर्काइभबाट दश लाख वेबपेजको नमुना ल्याइएको बताएको छ ।  सन् २०१३ यता हरेक वर्षका करिब ९० हजार वेबपेजहरूको लिंकका आधारमा यो अध्ययन गरिएको सेन्टरले जनाएको छ ।

यसअनुसार सन् २०१३ देखि सन् २०२३ को बीचमा रहेका ती वेबपेजमध्ये २५ प्रतिशत गायब भएको पाइएको हो ।  गायब भएकामा १६ प्रतिशत वेबपेज हाल सञ्चालनमै रहेको वेबसाइटका हुन् भने ९ प्रतिशत वेबपेजको भने मुख्य डोमेन नै सञ्चालनमा छैन ।

inter-1734663707.jpg
 

कमन स्क्रलमै सन् २०१३ मा सेभ गरिएकामध्ये ३८ प्रतिशत लिंक गायब भएका हुन् । तर सन् २०२१ मै सेभ गरिएका पाँचमध्ये एक लिंक गायब छ ।

यो अध्ययनले इन्टरनेटमा राखिएका सामग्रीहरु भविष्यमा कति समयसम्म रहलान् भन्ने प्रश्न उब्जाएको छ । इन्टरनेट विकास र यो सधैं रहिरहे पनि इन्टरनेटमा भण्डारण हुने सामग्री कति समय रहलान् र ती उपलब्ध नभएमा भविष्यका कस्तो असर पार्ला भन्ने विषयमा यो अध्ययनले बहस सुरु गर्ने देखिएको छ ।

वेबसाइट र वेबेपेजमात्रै नभएर पछिल्लो समय युट्युब, फेसबुक, एक्स, लिंक्डइनदेखि टिकटक र नयाँ आइरहेका माध्यममा निकै धेरै सामग्री स्टोर हुने थालेको छ ।  यी माध्यममा हुने सामग्री पनि सधैंका लागि नरहन सक्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro