site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘प्रचण्डको करामतपछि बनेको गठबन्धन हो, कांग्रेसका कारण टुट्दैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादीको ‘अवसरवादी’ चरित्रका कारण नयाँ गठबन्धन बनेको बताउँदै आगामी निर्वाचनसम्म कांग्रेस–एमाले सँगै जाने बताएका छन् ।

उनले बाह्रखरीसँगको कुराकानीमा यस्तो बताएका हुन् । माओवादीप्रति बढी आक्रामक देखिएका सिटौलाले प्रचण्डको ‘करामत’ कारण गठबन्धन बनेको बताए ।

“मैले त यस गठबन्धनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘करामत’ गरेको हुँदा बनेको हो भन्न चाहन्छु,” सिटौलाले भने,“यो कांग्रेसको रुचि भन्दा पनि बाध्यताका कारण गठबन्धन बनेको हो । यतिखेर हेर्दा यो बाध्यता मात्र नभएर देशकै आवश्यकता हो भन्ने निस्कर्षमा म पुगिरहेको छु । यो व्यवस्थालाई सुदृढ गर्न कांग्रेस–एमाले राजनीतिक कोर्समै गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

संविधान संशोधन एजेन्डासहित दुई ठूला पार्टीको सरकार बनेको बताउँदै संविधान कार्यान्वयनका ८ वर्षको समीक्षा जनताकै बीचबाट गर्नुपर्ने बताउँछन् ।

“संविधान लागु भएको नौ वर्ष भएको छ, अझ संविधान कार्यान्वयनमा आएको त २०७४ का चुनावपछि हो,” उनले भने, “तीनै तहका सरकारले पहिलो कार्यकाल पूरा गरे । दोस्रो कार्यकालको दुई वर्ष पूरा भएको छ, तेस्रो वर्षमा प्रवेश गरेको छ ।  एकपटक आठ वर्षको समीक्षा गर्नुपर्छ, हामीले । संविधानतः हामीले कति जनताको पक्षमा काम गर्न सक्यौं ? कति काम गर्न सकेनौं ? पहिला त समीक्षा हुनुपर्छ ।”

सिटौलाले संविधानले कुनै कुरा बाधा नपुर्‍याएको बताउँदै राज्य सञ्चालकहरूबाट त्रुटि भएको बताए ।

“संविधानमै बाधा छ भने संशोधन गर्नुपर्छ । सँगै राज्य सञ्चालनमै त्रुटि छ भने त्यसमा आत्मसमीक्षा गरिनुपर्छ, राजनीतिक दलले,” उनले भने, “त्यस्ता त्रुटि सुधार्नुपर्छ, राज्य सञ्चालन त्यही ढंगले गर्नुपर्छ । सँगै संविधानमै त्रुटि वा समस्या देखियो भने त्यो पनि संशोधन गर्न सकिन्छ नै । अग्रगामी राजनीतिक विकास भनेको यही हो  । यो संविधानवाद त्रुटि सच्याउँदै अग्रगामी बाटोमा हिँड्ने हो । संविधानवाद वा लोकतन्त्र भनेको पनि त यही हो ।” 

राज्य सञ्चालनका हकमा कुनै समीक्षा गर्र्नै नचाहने, अनि संविधान संशोधनका ‘बाङ्गाटिंङ्गा’ कुराले जनतालाई गुमराहमा राख्न नपाइने उनको तर्क छ ।

“संविधानको एउटा वाक्य परिवर्तन गरेर देशको प्रगति हुन्छ र ? जबसम्म व्यवहारजन्य त्रुटिहरु सच्याइँदैन, तबसम्म संविधान संशोधनले पुग्दैन,” उनले भने, “मलाई लाग्छ, पहिला खुला हृदयले संविधान र राज्य सञ्चालन पद्धतिबारे बहस गर्दै निस्कर्ष खोज्नुपर्छ । हामीले घनीभूत रुपमा र जनताकै माझमा रहेर संविधानको मूल्यांकन गरौं । उनका प्रश्न सुनौँ, सुझाव ग्रहण गरौं, त्यसपछि निष्कर्ष निकालौं– संविधान बाधक हो कि राज्य सञ्चालन पद्धति । मेरो मान्यता छ कि जहाँ त्रुटि छ, त्यहाँ ‘करेक्सन’ गरौं । मुलुक र जनताका हितमा अझ सुदृढ गरौं ।”

उनले संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्ने बताउँदै अरु पार्टीलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने बताए ।

“कांग्रेसको चाहना त अरु पार्टीलाई साथ लिएर जानुपर्छ भन्ने हो । जुन विगतमा कांग्रेसले नेतृत्व लिँदै अरु पार्टीलाई शान्ति प्रक्रियामा मुलुकलाई लगेकै हो,” उनले भने, “संविधान संशोधनका विषयमा पनि कांग्रेसले नेतृत्व लिनुपर्छ । राजनीतिक कोर्स तय गर्दा सत्तारुढ दलमात्र होइन, प्रतिपक्षी दलको सहमत हुनुपर्छ । त्यस निम्ति एक ठाउँमा उभिनुपर्छ र साथ लिएर जानुपर्छ ।”

प्रचण्डसँग संविधान संशोधनका विषयमा छलफल भए पनि सत्ता हेरफेरका सवालमा प्रतिपक्षसँग कुरा गर्नु उपर्युक्त नहुने बताए ।

“देशमा अस्थिरता खडा गर्नेतिर कांग्रेस–एमाले दुवै जानुहुन्न,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro