site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि होडमा कमजोर बन्दै बार्सिलोना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपाधि दाबेदार बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।

लेभान्टेको मैदानमा बार्सिलोनाले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरी खेल्नुपरेको हो । खेलको २५औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

५७औँ मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २–१ को स्थितिमा ल्याए । ५९औँ मिनेटमा जोसे लुइसले गोल गर्दै लेभान्टेलाई २–२ को बराबरीमा ल्याए ।

६४औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दा बार्सिलोनाले ३–२ को अग्रता बनायो । ८३औँ मिनेटमा लेभान्टेका सेर्जियो लिओनले गोल गर्दा बार्सिलोनाले बराबरी खेल्न पुगेको हो ।

Global Ime bank

बराबरीसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लन असफल भएको छ । बार्सिलोना ३६ खेलबाट ७६ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७० अंक छ । लेभान्टे ४० अंक जोडेर १३औँ स्थानमा छ ।

बार्सिलोनाले बराबरी खेल्दा शीर्ष स्थानको एट्लेटिकोलाई सहज भएको छ । एट्लेटिकोसँगै रियललाई पनि सहज भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC