site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर प्रहरीले प्रयोगविहीन २३० थान अक्सिजन सिलिन्डर अस्पताललाई बुझायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरीय प्रहरी परिसर लतिलपुरले जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन रहेका २३० थान अक्सिजन सिलिन्डरहरु संकलन गरी विभिन्न अस्पतालहरुलाई बुझाएको छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय भएअनुसार अक्सिजन सिलिन्डर अस्पताललाई बुझाइएको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पताल धपाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर महानगरपालिकाबाट सञ्चालित बागडोलस्थित वृद्धाश्रममा रहेको आइसोलेसन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC