site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौं शीर्ष स्थानमा रहँदै एनएसएलकाे प्ले अफमा 

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेलहरू समाप्त भएका छन् । 

आइतबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स एफसी चितवनलाई पराजित भएको हो । काठमाडौंले शीर्ष स्थानमा रहदै एनएसएलको प्ले अफमा प्रवेश हो ।

काठमाडौंले एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा पुग्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक–एक गोल गरे ।

चितवनका राजिब लोप्चनले एक गोल फर्काए । खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दी म्याच चुनिए । 

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोडेको छ । काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढीसँग खेल्नेछ । काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ ।

दुबै टोलीबीच जित निकाल्ने टोली फाइलन प्रवेश गर्ने छ । यस्तै अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro