site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ रकेटको एक खण्ड आइतबार पृथ्वीमा खस्ने अनुमान
Ghorahi CementGhorahi Cement

वासिङ्टन । चीनले प्रक्षेपण गरेको रकेटबाट उछिट्टिएको एउटा अनियन्त्रित भाग यो साता पृथ्वीमा खस्ने आकलन गरिएको छ । गत महिना अन्तरिक्ष केन्द्रको मुख्य भाग बोकेर उडेर लङ मार्च ५ बी रकेटको एउटा भाग खस्न लागेको अमेरिकाले चेतावनी दिएको हो । चीन आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र बनाउने प्रयासमा छ ।

१८ टन तौल भएको यो रकेटको भाग वायुमण्डलबाट नियन्त्रित रूपमा खस्न लागेको पछिल्ला केही दशककै ठूलो वस्तु हो । बिहीबार अमेरिकाले उक्त वस्तुलाई नजिकबाट अवलोकन गरिरहेको बताएको छ । यद्यपि अहिले नै यसलाई प्रहार गरेर नष्ट गर्ने कुनै योजना नहेको उसले जनाएको छ । "हामी आशावादी छौँ कि यो त्यस्तो ठाउँमा खस्छ, जहाँ कुनै मानवीय क्षति गर्दैन । आशा गरौँ समुन्द्र वा यस्तै ठाउँमा खसोस्," अमेरिकी रक्षा सचिव लोयड अस्टिनले भने ।

Agni Group

रकेटको उक्त भाग आगामी सोमबारको सुरुवाती समयमा वायुमण्डलमा प्रवेश गर्ने विज्ञहरूको अनुमान छ । यद्यपि यस्ता अनुमानहरू प्रायः अनिश्चित हुन्छन् । गत अप्रिल २९ मा पृथ्वीको सतहभन्दा ३७५ किलोमिटरमाथि दीर्घवृत्ताकार (इलिप्टिकल) कक्षमा उडाइएको थियो लङ मार्च ५ बी  सेगमेन्टले उचाई गुमाउँदै गएको समाचारमा जनाइएको छ ।

अधिकांश यस्ता भागहरू वायुमण्डलमा नै नष्ट हुन्छन् । तर यदि यी पग्लने तापक्रम उच्च भएका धातुबाट बनेका छन् भने पृथ्वीसम्मै आइपुग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

Global Ime bank

चीनले सन् २०२२ सम्ममा अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरिरहेको छ । अन्तरिक्ष अन्वेषणमा चीनले निकैपछि मात्र हात हालेको हो । रुस र अमेरिकापछि सन् २००३ मा मात्र चीनले पहिलोपटक अन्तरिक्ष यान पठाएको थियो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC