site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् ।

“नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी भित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखापरिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाइ क्षति पुर्‍याइरहेको हामीले महसुस गरिरहेका छौँ । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै हाम्रा आदरणीय नेताहरूलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ,” अपिलमा भनिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरू कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सुर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लम्जुङका धनन्जय दवाडीले हस्ताक्षर गरेका छन् ।

गोरखाका प्रेमबहादुर गुरूङ, पवर्तका पदम गिरी, बाग्लुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठले पनि सही गरेका छन् ।

Royal Enfield Island Ad

मुस्ताङका मोहन गौचन, मनाङका पाल्देन छोपेन गुरूङ, नवलपुरका रोशन गाहाले पनि हस्ताक्षर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro