site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको राजनीतिमा नयाँ प्रदेश प्रमुखको इन्ट्री– पहिलो दिन नै सभामुखको राजीनामाको कुरा उठाइन्
तस्बिर : युनिश गुरुङ
Sarbottam CementSarbottam Cement

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका हरेक सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले द्रुत गतिमा स्वीकृत गर्छिन् । चाहे त्यो पार्टी फुटाउने अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश होस् वा संविधानमै नभएको व्यवस्था बमोजिमको प्रतिनिधिसभा विघटनको विषय होस् । त्यसकारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेलाबेलामा ‘रबर स्ट्याम्प’ को आरोप लाग्ने गर्छ । 

तर, त्यस्ता अनेकौँ आरोप, आलोचनाका बाबजुद उनको कार्यशैली स्थिर छ– सरकारले जे ल्याउँछ, सही गरिदिने ।

उनले गत मंगलबार सरकारले दुई जना प्रदेश प्रमुख हटाउने निर्णय गरिदियो, भण्डारीले तत्कालै स्वीकृत गरिदिइन् । अनि प्रदेशमा आफूले जस्तै हठात सहीछाप हान्ने नयाँ प्रदेश प्रमुखलाई शपथ पनि खुवाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनैले शपथ खुवाएर गण्डकीमा आएकी नयाँ प्रदेश प्रमुख सीता पौडेलले हालसम्म कुनै सरकारी निर्णयमा सहीछाप गर्न त पाएकी छैनन्, तर विना कुनै हिचकिचाहट सरकारले गरेका सबै सिफारिस गर्न आतुर रहेकोमात्रै नभइ सरकारको विपक्षमा रहेकालाइसमेत सरकारी नजरले नै हेरेको जस्तो छनक चाहिँ दिएकी छन् ।

गण्डकीमा नयाँ प्रदेश प्रमुख भएर आएकी पौडेलले सरकारको बचाउको छनक पहिलो दिनमा नै दिएकी छन् । माओवादी निकट भएकै कारण हटाइएका प्रदेश प्रमुख अमिक शेरचनको ठाउँ सम्हाल्न बुधबार कार्यालय पुगेर पदस्थापन गरेकी पौडेलले यहाँको राजनीतिक घटनाक्रम, सरकार र संसदबीचको द्वन्द्वमा सभामुखलाई कारक देखाउँदै एमाले सरकारको बचाउ गर्दै यहाँको राजनीतिक परिवेशमा इन्ट्री गरेकी छन् ।

Global Ime bank

जबकि आइतबार, सोमबार, मंगलबार लगातार सभामुख नेत्रनाथ अधिकारीले स्थगित संसद् खुलाउन औपचारिक, अनौपचारिक र सर्वदलीय बैठक बोलाएका छन् । तर, सरकार प्रमुख पृथ्वीसुब्बा गुरुङले मंगलबारको सर्वदलीय बैठकमा “आफ्ना सांसद अनुपस्थित गराएर सदन चल्न नदिने धम्की” सभामुख नेत्रनाथ अधिकारीलाई दिएर आएका छन् । यहाँको संसद् कहिलेदेखि सुचारु हुन्छ, कार्यसूचीमा रहेको अविश्वासको प्रस्ताव के हुन्छ भन्ने अन्योलमा नै छ ।

सरकार र संसदबीचको द्वन्द्वको उत्कर्षमा परेर सरकारलाई नै अप्ठ्यारो हुनसक्ने आकलन गरेर नै गण्डकीका पूर्व प्रदेश प्रमुख शेरचन १८ महिनामै गत मंगलबार राष्ट्रपति भण्डारीबाट बर्खास्तीमा परेका थिए ।

उनै राष्ट्रपतिले शपथ खुवाएर समन्वयकारी भूमिका निर्वाह गर्न आएकी तेस्रो प्रदेश प्रमुख पौडेलले “गण्डकी प्रदेशसभा सत्तापक्षले गरेको नभई प्रतिपक्षीले गरेको” बताएकी छन् ।

पदवहालीपश्चात् सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भनिन, “प्रदेश सभामा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु । सबै दलहरूलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने मेरो भूमिका हुन्छ ।”

गत १५ अविश्वास प्रस्तावलाई निर्णायक रूपमा पेश गर्ने कार्यसूची थियो । तर, निर्णायक जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक हराए, अचानक बिरामी भएर चरक अस्पतालमा रहेको खबर आयो । यसबीचमा जनमोर्चाकी सांसद पियारी थापाले ‘हराएका’ आफ्ना सांसदलाई खोजीपाऊँ मात्र भनिनन् सम्पर्कमा नआउँदासम्म संसदको कारबाही स्थगित गरिपाऊँ भनी संसद् सचिवालयमा निवेदन दर्ता गराइन् ।

सोही निवेदनका आधारमा सभामुखले कार्यसूचीलाई अगाडि बढाएनन् र संसद् अनिश्चितकालका लागि स्थगित भयो ।

उक्त दिन मतदान भएको भए र सांसद शाही नआएको भए अविश्वासको प्रस्ताव फेल हुने थियो । एमाले सरकार जोगिन्थ्यो । तर, सभामुख अधिकारीले “अविश्वासको प्रस्तावको पक्षमा विपक्षी दल र विपक्षमा एमाले पार्टी छ । तर, जनमोर्चा त तटस्थ छ । यदि जनमोर्चाबाहेकका अन्य दलले उक्त निवेदन दिएको भए त्यो राजनीतिक विषय हुने थियो । तर, तटस्थ बसेको पार्टीले आफ्ना सांसद हराएको भनेपछि मानवीय संवेदनाका आधारमा सदन स्थगित गर्नुपरेकोे” बताउँदै आएका छन् ।

तर, सत्तारुढ एमालेले भने त्यसलाई स्वीकार गरेको छैन । बरु उसले सभामुखले राजनीतिक इख साँधेको आरोप मात्र लगाएको छैन सदन नै चल्न नदिने चेतावनी पनि दिएको छ । उसले अहिले कोरोना महामारी भएका कारण जेठ पहिलो सातामा सदन चलाउने प्रस्ताव गरेको छ । तर, विपक्षी दलहरूले भने छिटो सदन चलाउनको लागि सभामुखलाई सुझाव  दिएका छन् ।

सदन कहिले चल्छ अन्योलमा नै छ । बिहीबार कार्यपरामर्श समितिको बैठक बस्नेछ । तर, यसले पनि कुनै निर्णय गर्नसक्ने सम्भावना भने कम छ ।

यही शक्तिसंघर्षको राजनीतिक चेपुवामा परेर हटाइएका शेरचनको ठाउँमा एमालेभित्रको ओली पक्षीय पृष्ठभूमिकी पौडेल प्रदेश प्रमुख बनेर गण्डकीमा आएकी हुन् ।

बुधबार बिहान पदवहाली गरेकी उनले पहिलो दिनमा नै सत्तापक्षले सदन अवरुद्ध गरेको नभई प्रतिपक्षीले अवरोध गरेको बताइन् । सत्तापक्षले सदन चलाउन खोज्दाखोज्दै सभामुखले लथालिङ्ग पारेको आरोप उनको छ ।

“गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै गर्‍यो । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौँ भन्ने पक्षमै छ नि । सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिइ के त्यस्तो घडी पर्‍यो कि सभामुखले अनिश्चितताका लागि सूचना जारी गरेर लथालिङ्ग पार्ने काम त सभामुखले गर्नुभयो,” उनले भनिन् ।

सभामुखले एकाएक सदन रोक्नु नै समस्या रहेको र त्यसको चुरो खोज्ने उनले बताइन् ।

“अविश्वास प्रस्ताव दर्ता भएको छ । छलफल सुरु भएको छ । कार्यसूचीमा चढिसकेको छ । मतदानमा जाने प्रक्रिया चलिसकेको छ । त्यस्तो अवस्थामा सभामुखले एकाएक अनिश्चितका लागि बन्द गर्ने के आवश्यक पर्‍यो ? त्यहाँबाट खोज्नुपर्‍यो समस्याको चुरो । यसमा मेरो भूमिका हुन्छ,” उनले भनेकी छन् ।

पूर्ण रूपमा राजनीतिक तवरमा प्रस्तुत भएकी पौडेलले अविश्वास प्रस्ताव निष्क्रिय जस्तो भइसकेको बताइन् । यी सब कुरामा सरकारलाई कहिँकतै दोष लगाउने ठाउँ नरहेको र सभामुखले नै निकास दिनुपर्ने उनकाे भनाइ छ ।

“अबको नियम कानुनको परिधिभित्रै बसेर निकास दिने काम गर्ने हो । नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निष्क्रिय भएको जस्तो अवस्था छ नि त । छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनुपर्‍यो,” उनले भनिन् ।

१५ गतेको सदन अचानक स्थगित भएपछि एमाले सांसद कृष्णबहादुर थापाले सभामुखले राजीनामा दिनुपर्ने माग राखेका थिए । उनै एमालेका सांसद बाहेक दोश्रोपटक सभामुखको राजीनामा माग्ने कुरा प्रदेश प्रमुख पौडेलले उठाएकी छन् ।

“सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनुपर्‍यो, अहिलेलाई बैठक स्थगित गरौँ भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो । त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC