काठमाडौं । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो जर्मन क्लब रोमाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनी मंगलबार रोमाको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् ।
रोमाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग युरोपा लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा ५–२ ले पराजित भएसँगै पाउलो फोन्केसालाई बर्खास्त गरेको थियो । पाउलो बर्खास्त भएको एक दिनपछि नै मोरिन्होलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
प्रिमियर लिग क्लब टोटेनहममा प्रशिक्षकको रुपमा रहेका मोरिन्होलाई टोटेनहमले बर्खास्त गरेको थियो । उनी बर्खास्त भएको केही दिनमा नै रोमाको प्रशिक्षक बनेका हुन् ।
उनले अब एकै सिजन दुई क्लब सम्हाल्ने भएका छन् । सिरी ‘ए’ क्लब रोमा हाल ३४ खेलबाट ५५ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ । आउँदो शुक्रबार रोमाले युरोपा लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडसँग मोरिन्होको प्रशिक्षकत्वमा खेल्दै छ ।