देश
कञ्चनपुर । ह्युमनिटी फाउन्डेसन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो ।
अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पुर्याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो । । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १७:०७
प्रतिक्रिया दिनुहोस्