site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोरोना महामारीविरुद्ध काठमाडौं महानगरको तयारी शून्य 
SkywellSkywell

काठमाडौं । काठमाडौंमा दोस्रो चरणको कोरोना तीव्र गतिमा फैलिरहेका बेला रोकथाम गर्न जनशक्ति व्यवस्थापन र स्रोत परिचालनमा महानगरको तयारी शून्य देखिएको छ । अहिले महानगरमा दैनिकजसो बैठक त बस्छन् । तर, ठोस उपलब्धी खासै केही देखिदैन । 

सरकारले गरेको निषेधाज्ञासँगै महानगरले जनशक्ति र स्रोत परिचालन गर्नुपर्नेमा महानगरका मेयर विद्या सुन्दर शाक्य काठमाडौंबासीलाई आफै सतर्क हुन भन्दै मौन देखिन्छन् । 

महानगरले भने दोस्रो चरणको कोरोना महामारीविरुद्ध लड्न पूर्वतयारी गरिरहेको दाबी गर्दै आएको छ । तर महानगरका क्रियाकलाप हेर्ने हो भने कोरोना रोकथाम गर्न कुनै पनि छलफल प्रभाकारी भएको देखिएको छैन् । 

Dabur Nepal
NIC Asia

महामारी बढ्दै जाँदा सरकारले उपत्यका लगायतका जिल्लामा १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंमा अहिले महानगरीय प्रहरीले निषेधाज्ञा कार्यान्वयन गर्न गराउने काम गरिरहेको छ । यसमा महानगरको स्रोत परिचालन भएको छैन ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर पीसीआर परीक्षण, कोभिड संक्रमण भएका र अन्य बिरामीलाई अस्पताल पुर्‍याउन सहजीकरण गर्ने प्रक्रिया अघि बढाएको दाबी गर्छन् । उनकाअनुसार संक्रमणको प्रभावबारे वडास्तरीय तथ्यांक संङ्कलनका लागि ३२ सै ओटा वडा कार्यालयलाई सक्रिय गर्ने गरी छलफल भइरहेको छ ।

‘‘हामी अहिले महामारी नियन्त्रणको छलफलमै छौँ । मेयर उपमेयरको टोली लगायत सबै वडाका प्रतिनिधि कर्मचारीबीच छलफल चलिरहेको छ । पहिलेअनुसारले नै सबै सेवा सुविधा उपलव्ध गराउने पक्षमा छौँ । महानगरको तर्फबाट हामीले महामारी रोकथाम गर्न पहिले गरे अनुसारले नै गर्ने भन्नेछ,” उनले भने, ‘‘कोरोना महामारी काठमाडौंवासीको सहजताको लागि एम्बुलेन्सको व्यवस्था मिलाइएको छ ।”

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली महामारीका बेलामा प्रक्रिया मात्र हेर्दा महामारी नियन्त्रण गर्न कठिन हुने बताउँछन् । उनी महानगरको जनशक्ति काठमाडौंवासीको सेवामा खटिने भन्दा पनि आफै जोगिनतर्फ प्रोत्साहन गर्छन् । 

ज्ञवालीले महानगरपालिकाले महामारी न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि वडा स्तरमा छलफल गरेको बताए । ‘‘अहिले हामी छलफलको क्रममै छौँ । वडास्तरबाट वडाध्यक्ष र वडा सदस्यहरूसँगको समन्वयमा काठमाडौंमा अत्यावश्यक काम नरोकिने गरी वडा स्तरबाटै जनशक्क्ति परिचालन गर्ने छौँ,” ज्ञवालीले भने ।  

जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञामा महानगरबाट दिइने सबै सेवामा प्रभावकारी बनाइने उनको दाबी छ । महानगरले यतिखेर कार्यालय सञ्चालन गर्ने बाहेकका कुनै पनि क्रियाकलाप गरेको देखिदैन ।
 
बिहीबार वडास्तरीय छलफलमा कार्यालय सञ्चालन तथा सेवा प्रवाहका बारेमा साझा मत निर्माण गर्ने उद्देश्यले प्रशासन विभागले वडा सचिवहरूलाई छलफलका लागि बोलाएको थियो । 

अर्कातिर प्रशासन कार्यालाय कम जनशक्ति परिचालनले धेरै परिणाम निकाल्ने भन्दै रोकथामको परिणाम ननिकाली बसेको छ । प्रशासन विभागका प्रमुख महेश काफ्ले कमभन्दा कम जनशक्तिबाट धेरै परिणाम आउने गरी काम गर्नुपर्ने बताउँछन् । 

काम कुरिरहेछन् नगरप्रहरी 
दिनप्रति दिन महामारी बढ्दै गएको बेलामा महानगरका प्रहरी काठमाडौंवासीलाई सेवा प्रदान गर्नुको साटो काम नपाए जसरी कामको पर्खाइमा छन् । नगरप्रहरी प्रमुख धनपति सापकोटाले आफूहरूले निर्देशनअनुसार काम गर्ने बताए । आफूहरूले वडाहरूलाई काम भएमा खबर गर्न भनेको उनले बताए ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागकाअनुसार अहिले महानगरमा कोरोनाविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे छलफल चलिरहेको छ । 

काठमाडौं महानगरको यस्तै लापरबाहीले पहिलो चरणको कोरोनाको बेला खानासमेत नपाएर कैयाैँ मानिस सडकमा आउनु परेको थियो । ती मानिसहरूलाई सामाजिक अभियन्ताले सडकमै खाना वितरण गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro