site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ओस्करमा सहभागी हुनेले मास्क लगाउनु पर्दैन : एकेडेमी 

लस एन्जलस । आइतबार (अप्रिल २५) हुने ओस्करको प्रत्यक्ष प्रसारण (समारोह) सहभागी हुनेहरुले फेस मास्क लगाउनु नपर्ने एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले घोषणा गरेको छ । सोमबार भएको जुम मिटिङमा एकेडेमीले यस्तो बताएको हो ।

लस एन्जलसको युनियन स्टेसनमा आयोजना हुन लागेको शोमा क्यामेरा रोल हुँदा पाहुनाहरुले मास्क लगाउन जरुरी नभएको एकेडेमीका कर्मचारीहरुले उल्लेख गरेका छन् । यद्यपि, क्यामेरा रोल नहुँदा भने मास्क लगाउनुपर्नेछ । जस्तै, विज्ञापन आइरहँदा भने मास्क लगाउनुपर्नेछ ।

Dabur Nepal

स्टुडियोमा मात्रै १७० अर्थात् सीमित पाहुनाहरुबीच ओस्कर सञ्चालन हुनेछ । भेराइटी डटकमका अनुसार शोमा सहभागी हुने पाहुनाहरु र नोमिनेसनमा परेका कलाकारहरु आउने–जाने भइरहनेछ ।

हलमा प्रवेश गर्नुपूर्व प्रत्येको शारीरिक तापक्रम जाँच गरिनेछ भने सहभागी हुनेले कम्तीमा तीनपटक कोभिड परिक्षण गरेको हुनुपर्नेछ । रेड कार्पेटमा पनि केवल तीनजना फोटोग्राफरहरु मात्रै हुनेछन् भने मिडियाहरु पनि सेलेक्टेड मात्रै हुनेछन् ।

यसका साथै अन्तर्वार्तामा पत्रकार र कलाकारबीच सात फिटको दूरी राखिने एकेडेमीले जानकारी दिएको छ । विजेताहरुले भर्चुअल अन्तर्वार्ता पनि दिन पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro