site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरभि साहित्य प्रतिष्ठानबाट सर्जकहरू पुरस्कृत

काठमाडौं । साहित्यिक संस्था सुरभि साहित्य प्रतिष्ठानले स्थापना दिवसको अवसर पारेर विभिन्न सर्जकहरूलाई पुरस्कृत गरेको छ ।

जोरपाटी बेशीगाउँमा आयोजित कार्यक्रममा ५१ हजार रुपैयाँ नगद राशिसहित ‘सुरभि–विजय चालिसे वाङ्मय पुरस्कार’ प्रा.डा. दयाराम श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले उक्त पुरस्कार प्रदान गरे ।

प्रतिष्ठानले ‘सुरभि–रमा बद्री निबन्ध पुरस्कार’ २५ हजार नगद राशिसहित निबन्धकार एवं अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्‍यो । त्यस्तै, २५ हजार नगद राशिसहितको ‘गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार’ कथाकार किशोर पहाडीलाई प्रदान गरियो ।

कार्यक्रममा २५ हजार नगद राशिसहित ‘सुरभि–बाबुराम आख्यान साधना पुरस्कार’ कथाकार भागीरथी श्रेष्ठलाई प्रदान गरियो । उक्त अवसरमा प्रमुख अतिथि प्रा.डा. सुवेदी, बाजुराम पौडेल, विजय चालिसे लगायतले बोलेका थिए ।
 

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्