site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालका बलरले कसिलो बलिङ गर्दा मलेसिया १०९ रनमै सीमित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो ।  

मलेसियाले दोस्रो ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि करण केसीले पहिलो विकेट लिए ।  करणले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् ।

मलेसियाले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेट गुमायो । मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट भए । नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सातौं ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिएका थिए । उनले भिरन्दीप सिंहलाई बोल्ड आउट गराएका हुन् । भिरन्दीपले मलेसियाका लागि ६ रन बनाए ।

मलेसियाले आठौं ओभरको पाँचौ बलमा आफ्ना सेट ब्याट्सम्यान सायद अजिजको रुपमा चौथो विकेट गुमाएको थियो ।

Global Ime bank

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अजिजलाई क्याच आउट गराएका हुन् । दिपेन्द्रले फालेको बलमा आसिफ शेखले क्याच आउट गराए । अजिजले मलेसियाका लागि २७ रनको योगदान गरे ।

मलेसियाले आफ्नो पाँचौं विकेटको रुपमा साकिव सारिफलाई गुमाएको थियो । सन्दीप लामिछानेले पाँचौ विकेट लिएका थिए ।

उनले ११ ओभरको दोस्रो बलमा साकिव सारिफलाई बोल्ड आउट गराए । सरिफले मलेसियाका लागि १५ रन बनाएर आउट भए ।

मलेसियाले १२ ओभरको अन्तिम बलमा आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका अमिउदिन राम्ले ५ रन बनाएर आउट भए ।

उनलाई शाहव आलमले क्याच आउट गराएका थिए । उनले १२ औं ओभरको अन्तिम बलमा अमिउदिन राम्लेलाई क्याच आउट गराए । शाहवको बलमा राम्लेलाई अविनास बोहोराले क्याच आउट गराए ।

नेपालका लागि करण केसीले नवौं विकेट लिए । उनले १६ ओभरको तेस्रो बलमा उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।  

१५ ओभरको दोस्रो बलमा मलेसियाको सातौं विकेट पतन भयो । मलेसियाका किजर हायात स्टमपिङ आउट भए । उनलाई कुशल मल्लले ४ रनमा आउट गराएका थिए । नेपालका लागि  मलेसियाले १६ औं ओभरमा आफ्नो आठौं विकेट गुमाएको थियो । नेपालका करण केसीले १६ ओभरको पहिलो बलमा स्याजरुल इर्दुसलाई क्याच आउट गराएका हुन् । करणको बलमा साहव आलमले स्याजरुललाई क्याच आउट गराए ।

करणले नै १६ औं ओभरको तेस्रो बलमा मलेसियाको नवौं विकेट पतन गराएका थिए । उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।

आजको खेलमा नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । 

नेपालका आरिफ शेखको स्थानमा कुशल मल्ल आउने भएका छन् । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ । 

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।  पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । 

पहिलो खेलमा सहज जित निकालेको नेपाललाई आजको खेलमा पनि जित निकाल्ने मौका छ ।  डेब्यु खेलमा प्रभाव छाडेका खेलाडीलाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ । 

यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ । 

नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC