site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई आफ्नै सदस्य टुंगो लगाउन मुस्किल ! महाधिवेशनको तालिका प्रभावित 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ७ देखि १० गतेका लागि महाधिवेशन तोकेको छ । संवैधानिक व्यवस्थाअनुसार पनि कांग्रेस महाधिवेशनका लागि थप ९ दिनबाहेक लम्ब्याउन सक्ने छैन । भदौ १९ पछि कांग्रेसको वैधानिक हैसियत समाप्त हुनेछ । 
तर, अन्तिम पटकका लागि भनेर बनाएको कार्यतालिकामा समेत कांग्रेस चल्न नसक्दा महाधिवेशन तालिका पालना समेत नेताहरूबीच विवादको विषय बनेको छ । 

त्यही विवादले कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि स्थगित भयो । 

पार्टी महाधिवेशनको तालिका तथा क्रियाशील सदस्यता टुंग्याउने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक तेस्रोपटक स्थगित भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा निर्णय गर्नुपर्नेछ तर नेताहरूबीच समझदारी भइसकेको छैन,” सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, “त्यसैले छलफल गरेर सहमति गर्नका लागि बैठक सारिएको हो ।” 
उनले बैठक स्थगितपछि छलफल भने जारी रहेको जानकारी दिए ।

गत चैत २७ गतेका लागि तय गरिएको यही बैठक ३० गतेका लागि सारिएको थियो । चैत ३० मा वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइको निधन भएपछि कांग्रेस बैठक आइतबार दिउँसो २ बजेका लागि तोकिएको थियो । दिउँसो २ बजे अघिदेखि नै बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगे पनि केन्द्रीय समिति बैठक सुरु हुन सकेन ।

Global Ime bank

सभापति शेरबहादुर देउवाको कार्यकक्षमा शीर्ष नेताहरूबीच छलफल भएको थियो । तर छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक सोमबार अर्थात् आजका लागि बैठक सारिएको छ ।

के हो विवाद ? 

गतवर्ष नै सक्ने भनिएको कांग्रेसको समायोजन प्रक्रिया अहिलेसम्म विवादित बनिरहेको छ । देश संघीयतामा गएपछि कांग्रेसले गाविस र नगरपालिकाको संरचनामा रहेका कार्यसमितिलाई समायोजन गर्ने निर्णय गरेको थियो । स्थानीय तह गाउँपालिका र नगरपालिका बनाउँदा विगतमा भएका स्थानीय निकायका समितिका सभापतिहरूमध्येबाट वरिष्ठको संयोजकत्वमा तदर्थ समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो । त्यो निर्णयपछि निर्देशिका बनाएर निर्वाचन समितिलाई समायोजनको जिम्मा दिएको थियो । 

वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेस नेता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले सप्तरी, बारा र सिन्धुपाल्चोक बाहेकमा समायोजनको काम सकेको भनेर केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको थियो । तर, ती तीन जिल्लामा मात्र नभएर, पर्सा, सर्लाही, धनुषा, सिरहा र सोलुखुम्बुमासमेत विवाद बाँकी रहेको भन्ने आएपछि समायोजनको काम अघि बढ्न सकेको छैन ।

केन्द्रीय सदस्य श्याम घिमिरेकाअनुसार त्यही पार्टी समायोजनको विवाद नमिल्दा केन्द्रीय समिति बैठक स्थगित भएको हो । 

“सात जिल्लाको समायोजन नै टुंगिएको छैन । त्यही कारण नेताहररूबीच विवाद देखिएको हो,” घिमिरेले भने, “समायोजनमा निर्देशिकाको पालना नभएको पाइयो । त्यसबाट नै विवाद बढेको हो ।” 

उनले त्यस विषयमा सहमति नभएसम्म बैठक चल्ने अवस्था नरहेको बताए ।

केन्द्रीय निवर्वाचन समितिले कांग्रेसको संस्थापन पक्षबाट प्रभावित भएर निर्णय गर्दा आफैँले तय गरेको मापदण्डसमेत पालना हुन नसकेको भन्दै प्रश्न उठिरहेको छ । 

प्रश्न उठन थालेपछि केन्द्रीय निर्वाचन समितिका संयोजक अधिकारीले केही दिनअघि राजीनामा दिएका थिए । उनको राजीनामापछि महाधिवेशनको काम कसरी अघि बढाउने भन्नेमै कांग्रेसमा अन्योल बढेको छ ।

क्रियाशील सदस्यता ६ लाख मात्र

कांग्रेसले वितमा झन्डै पाँच लाखको संख्यामा रहेको सक्रिय सदस्य संख्या दोब्बर बनाउने निर्णय गरेको छ । चार लाख ७२ हजार बढी क्रियाशील सदस्यता दोब्बर गर्दा करिब साढे ९ लाख हुन आउँछ ।

तर, अहिलेसम्म करिब ६ लाख सदस्यता मात्र अपडेट भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाले अपेडेट गर्ने क्रियाशील सदस्यताका लागि मात्र पटक–पटक म्याद थपिँदै आएको छ । तर, क्रियाशील सदस्यताको टुंगो नलाग्दा क्रियाशील सदस्यता छानबिन समितिले काम थाल्नसमेत पाएको छैन । 

चार जिल्लाले पठाएनन् क्रियाशील सदस्य विवरण

गत फागुन मसान्तभित्र नै पठाउने मिति तोकिए पनि कांग्रेसले क्रियाशील सदस्यता पठाउने म्याद पटक–पटक थप्नु परिरहेको छ । दुईपटक गरी चैत मसान्तभित्र पठाउने मिति तोकिए पनि नआएपछि वैशमख ४ सम्मको म्याद तोकेर आन्तरिक सर्कुलर गरिएको थियो ।

तर, त्यो मितिमा पनि चार जिल्लाबाट क्रियाशील सदस्यता विवरण आएको छैन । 

सप्तरी, बारा, सिन्धु्पाल्चोक र सोलुखुम्बुबाट क्रियाशील सदस्यता विवरण नै नआएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement