site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट गोल्डकपको उपाधि एपीएफलाई 
Sarbottam CementSarbottam Cement

विराटनगर । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ ।
 
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले  खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । खेलको सुरूवातदेखि आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । बिकु तामाङ्गले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । 

खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पंजावका गोलरक्षक सतबीर सिंहले पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए । पंजावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि जितेको छ । 
 
दोस्रो हाफदेखि आक्रमक भएर मैदान प्रवेश गरेपनि पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपबिजेतामा सिमित भयो । उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पंजावका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिँदा खेल बारबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पंजावको लागि दुर्भाग्यपूर्ण बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले यो सिजनमा दुईवटा गोल्डकपको उपाधि जितेको छ । यसअघि महिनादिन अगाडि सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन भएको थियो । 

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच अवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटाका क्लब काठमाडौंका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिफा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।
 
विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, राष्ट्रिय खेलकुद परिषद सदस्य हरि खड्का, विराट गोल्डकपका संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC