राजनीति
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले फ्लोरक्रस गरेर पद जोगाइदिएका एमालेका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्त गरेका हुन् ।
शुक्रबार एमालेका प्रकाश ज्वालासहित बुढा, थापा र शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए ।
ह्विप उलंघन गरेको भन्दै एमालेले बुढा, थापा र शाहीलाई साधारण सदस्यसमेत नरहनेगरी अाज कारबाही गरेको छ । ज्वालालाई कारबाहीका लागि केन्द्रमा सिफरिस गरिएकाे छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८ २१:४२
प्रतिक्रिया दिनुहोस्