site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्स कमजोर हैन, हामीले राम्रो खेल्यौ : ज्ञानेन्द्र मल्ल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्यान्ड्सको टिम कमजोर नभएको बताएका छन् । शनिबार त्रिकोणात्मक टि–ट्वान्टी आईमा नेदरल्यान्ड्सलाई पराजित गरेपछिको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै कप्तान मल्लले विपक्ष टोली कमजोर नभएको बताएका हुन् । 

उनले नेदरल्यान्ड्सविरुद्ध नेपाली खेलाडीले उत्कृष्ट खेल प्रस्तुत गरेको दाबी गरे । कप्तान मल्लले नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीको खेल उत्कृष्टमध्येको एक भएको बताए । 

“१५/२० वर्षदेखि ओडीआई खेल्दै आएको नेदरल्यान्ड्स टीम एक किसिमको लयमा अगाडि बढेको छ,” उनले भने ‘‘नयाँ खेलाडी र क्राउडले अलि सर्घष गर्नुपर्‍यो होला । यसको मतलब उनीहरु कमजोर हो मलाई लाग्दैन ।’’   

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार सम्पन्न प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्‍यो । टी–२० आईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा नेपालले सजिलै नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

‘‘हामीले आज वन अफ द बेस्ट क्रिकेट खेल्यौँ । सुरुवातमा अलि पिचमा के नमिलेजस्तो भइरहेको थियो । फिल्डिङमा पनि धेरै गल्ती गरिरहेका थियौँ । तर पनि जसरी बलरहरुले कम ब्याक गरे, नेदरल्यान्ड्स दबाबमा आयो,’’ कप्तान मल्लले भने । 
कुशल र आसिफको डेब्यु प्रदर्शनबाट कप्तान मल्ल खुसी भएको बताए । उनले नयाँ खेलाडीलाई अवसर दिए उनीहरुले आफुलाई प्रमाणित गर्न सक्ने धारणा राखे ।

Global Ime bank

मल्ले भने, ‘‘यसरी नै नयाँ खेलाडी टिममा आएर अवसर दिनुपर्यो । उनीहरुले खेलमा प्रदर्शन मात्रै गर्दैनन् । खेल जिताउन पनि सक्छन् भन्ने कुरा आज प्रमाणित गरे ।’’

पूर्वकप्तान पारस खड्कालाई नै ओपनरको रुपमा ल्याउने योजना भए पनि अभ्यासका क्रममा घाइते भएपछि योजना परिवर्तन गरेको उनले सुनाए । पारस घाइते भएपछि कमसल र आसिफलाई ओपनरको रुपमा तयार पारेको कप्तान मल्लले जानकारी दिए । 

‘‘पारस घाइते भइसकेपछि हामीले ओपनर परिवर्तन गरेका हौँ । दुईजनालाई ओपनिङ गर्न दिने मौका दियौँ । जुन योजना राम्रो सावित पनि भएको छ,” उनले भने ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले नेपालको प्रर्दशन नियमित भन्दा फरक भएको बताए । उनले नेपालको आजको प्रदर्शन नेदरल्यान्ड्सभन्दा सँयौ गुणा राम्रो रहेको व्याख्या गरे । ‘‘नेपालले सधैं खेल्नभन्दा आजको खेल धेरै फरक थियो । आज नेपालले साँच्चै हामीभन्दा सय गुणा राम्रो खेल्यो ।’’ उनले भने, ‘‘हामीलाई नेपालले राम्रो पाठ सिकाएको छ । यो प्रतियोगिता हो, त्यसैले फाइनल अघि यो पाठले सहयोग गर्ने छ ।’’

नेपाली समर्थकले क्रिकेटलाई निकै माया गरेको पाएको कप्तान पिटरले बताए । उनले आफ्नो घरेलु मैदानमा दर्शकको संख्या कम हुने बताउँदै नेपाली समर्थकले मन जितेको बताए । 

उनले आफ्नो प्रर्दशनले नेपाली दर्शकसामु आफैँलाई लज्जित बनाएको बताए । उनले भने, ‘‘आजको प्रदर्शनले दर्शकसामु अलि लज्जित पनि बनायो । हामीले स्तरीय क्रिकेट देखाउन पाएनौं,  समर्थकलाई खराब खेल पस्कियौँ । उनीहरूले नेपालको खेलको मात्र मज्जा लिए ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC