site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय बैठकमा कांग्रेसको प्रश्न : संसद्लाई बिजनेस किन दिइएको छैन ?

काठमाडौं । सर्वदलीय बैठकमा कोभिड-१९, उपनिर्वाचन र एमसीसीको विषयमा छलफल भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा यी तीन विषय अघि सारेका थिए । कांग्रेसले ती विषयमा आफ्नो धारणा स्पष्ट रुपमा राखेको उनले बताए ।

“कोभिडका बारेमा सरकार अझ गम्भिर हुनुपर्यो । लकडाउनतिर जानुभन्दा रोकथामतिर जानुपर्छ । कोभिडका लागि आइसोलेसन पनि आवश्यक मात्रामा बनाएर राख्नुपर्छ । लकडाउनै गरी हाल्ने कुरा राम्रो हुँदैन,” बैठकमा राखेको धारणबारे पौडेलले भने ।

कांग्रेसले उपसभामुख चयन, राष्ट्रिय सभा बैठकका विषयमा पनि धारणा राखेको उनले बताए । “उपनिर्वाचन पनि गर्नुपर्छ, उपसभामुखको निर्वाचन पनि किन रोकिएको छ ?, संसद्लाई बिजनेस किन दिइएको छैन ? राष्ट्रिय सभा बैठक किन बोलाइएन, संसद्लाई अपाङ्ग किन राखियो ?,” उनले भने । 

अहिले देशमा भइरहेको गतिरोधको निकास हुनुपर्ने पौडेलले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro