site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आक्रोश : सभामुखले काम गर्नै दिएनन् 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध आक्रोश पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका हुन् । 

सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए । 

“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो,” नेता लोहनीले भने, “कोरोना नियन्त्रणका विषयमा हामीले ६/७ बुँदामा सुझाव दियौं ।”

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी छैनन् ।   
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro