site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रहरीले बुझायो चोरिएका २६ मोटरसाइकल र स्कुटर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरी २६ वटा मोटरसाइकल सवारी धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी सवारी धनीहरुलाई दिइएको हो । महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाए । 

एसएसपी भट्टराईले महाशाखाले सवारी–साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए । उनले भने, “अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ । चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने गरेको पाइएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC