विराटनगर । मोरङ व्यापार संघ देशकै उत्कृष्ट वाणिज्य संघको रुपमा सरकारद्वारा सम्मानित भएको छ ।
उद्योग वाणिज्य दिवस २०७७ एवम् नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभाको अवसरमा १ नम्बर प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको हो ।
एक समारोहबीच संघका अध्यक्ष प्रकाश मून्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शनिबार सम्मानपत्र प्रदान गरी सम्मानित गरे ।
उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याएबापत मुलुककै जेठो उद्योग वाणिज्य संघलाई सम्मान गर्न पाउँदा खुसी लागेको महासंघका अध्यक्ष गोल्छाले बताए ।