खेल
काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अहिले विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले सुदूरपश्चिमविरुद्ध बलिङ गरिरहेको छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ । सुदूपश्चिम प्रदेश आजको खेलमा एपीएफलाई हराउँदै समूह चरणको अघिल्लो खेलमा बेहोरेको हारको बदला लिने योजनामा छ ।
एपीएफ प्रतियोगितामा आजसम्म अपराजित छ ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ ११:१३
प्रतिक्रिया दिनुहोस्