काठमाडौं । भक्तपुरको बिस्केट जात्राको रथ शनिबार दिउँसो २ बजेदेखि तान्न सुरु गरिने भएको छ । भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर रथ तान्न लागिएको जनाएको छ ।
भैरवनाथका नामले समेत चिनिने रथ तान्नका लागि नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा दिने व्यवस्था मिलाएको छ । नगरपालिकाले रथ यात्रामा नगरपालिकाले तोकिएका मानिसभन्दा बाहेकलाई नचढ्न अनुरोध गरेको छ ।
भक्तपुर नगर क्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल, विद्युत प्रसारण नियमित गर्न विद्युत प्राधिकरण र टेलिफोन तथा इन्टरनेट सेवाका लागि नेपाल टेलिकमलाई जिम्मा दिइएको छ ।
नगरपालिकाले भोलिदेखि ०७८ वैशाख ५ गतेसम्मको जात्रा चलाउने तालिका सार्वजनिक गरेको छ ।