site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा विदेशी लगानी भित्रिए के हुन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चलचित्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सके नेपाली चलचित्रले ठूलो फड्को मार्ने चलचित्रकर्मीहरुले बताएका छन् । लगानी अभावमा खुम्चिएका चलचित्रहरु बाह्य लगानी आए बजेटको समस्या हट्ने चलचित्रकर्मीहरुको विश्वास छ ।

यही अपेक्षा गर्दै केही दिनअगाडि ३४ जना चलचित्र निर्माताले चलचित्र विकास बोर्डसमक्ष अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । सरकारको नीति तथा कार्यक्रममा नै यो विषय समावेश गराउने गरी पहल गरिदिन उनीहरुको माग थियो ।

यता, विकास बोर्डले भने यो माग पहिला नै पहिचान गरिसकेको भन्दै सम्बोधनको चरणमा रहेको जनाएको छ । बोर्डका अनुसार चलचित्रमा वैदेशिक लगानी भित्र्याउने निर्माताहरुको माग सम्बोधन गर्ने विधेयक संसद्मा विचाराधीन छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल चलचित्रमा को–प्रोडक्सनसहित बाह्य लगानी भित्र्याउन पाउने व्यवस्था विधेयकमा समेटिएको बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“विदेशी लगानी भित्र्याउने निर्माताहरुको माग सम्बोधन संसद्मा रहेको विधेयक पास भएपछि हुन्छ । राजनीतिक दलहरुबीच पछिल्लो समय देखिएको समस्या यदि हुँदैन थियो भने संसद्को यही अधिवेशनले विधेयक पारित गर्ने थियो,” उनी भन्छन् ।

विधेयक पारित हुनुभन्दा अगाडि सह–निर्माणका लागि दुई देशबीच सन्धि गराउने विषय बोर्डले सरकारलाई बुझाएको अवधारणापत्रमा उल्लेख रहेको अध्यक्ष दाहाल बताउँछन् । तत्काल अन्तर्राष्ट्रिय सहयोग ल्याउन सरकारले सन्धि गरेको अवस्थामा निर्माताहरुलाई सहयोग पुग्ने उनको विश्वास छ ।

Royal Enfield Island Ad

हाल अन्तर्राष्ट्रिय को–प्रोडक्सन रहेका चलचित्रका निर्माता तथा निर्देशकहरुले व्यक्तिगत प्रयासमा लगानी भित्र्याएका हुन् । यसबारे सरकार कानुनी रुपमा बेखबर छ ।

चलचित्र निर्माता अविरल थापा अहिले आफ्नो चलचित्रमा विदेशी लगानी भित्र्याएका चलचित्र ‘ह्वाइट सन’, ‘कालो पोथी’जस्ता चलचित्रको को–प्रोडक्सन निर्देशक स्वयंले खोजेको बताउँछन् ।

“यदि, हामीले राखेको माग सम्बोधन हुने हो भने सरकारले नै को–प्रोडक्सनको मान्यता दिएपछि धेरै विदेशी कम्पनी तथा व्यक्तिहरुले पनि सह–निर्माणमा नेपाली चलचित्रमा लगानी गर्ने वातावरण रहन्छ,” थापा भन्छन्, “कम्पनी–कम्पनी र सरकार–सरकारबीच सम्झौता गरेर सह–निर्माणको वातावरण बन्छ ।”

बजेटको अभावमा धेरै कथा चलचित्रमा उठान गर्न नसकेको वर्तमान समस्यालाई विदेशी लगानी भित्र्याउन सके उठाउन सकिने उनी बताउँछन् । सानो बजेटका कारण चाहेर पनि राम्रो चलचित्र बनाउन नसकिने अवस्थाको अन्त्य हुने थापा बताउँछन् ।

विदेशी को–प्रोडक्सन आएपछि नेपाली चलचित्रको बजार विस्तारमा पनि सहयोग हुने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । को–प्रोडक्सन गर्ने व्यक्ति तथा कम्पनीले आफ्नो सम्पर्क र सम्बन्धका आधारमा आफ्नो लगानी रहेको चलचित्र विदेशमा प्रदर्शन गर्ने तथा फेस्टिभलहरुमा लैजाने उनको बुझाइ छ ।

“विदेशी लगानीकर्ता आएपछि उनीहरुले आफ्नो लगानी रहेको चलचित्रको बजार आफैँ खोज्छन् । यसले नेपाली चलचित्रको विदेशी बजारको ढोका पनि खोल्छ,” निर्देशक खनाल भन्छन्, “उनीहरुले नै फेस्टिभलमा आफ्नो फिल्म लैजान्छन्, त्यसैले विदेशी को–प्रोडक्सनको व्यवस्था सरकारले सकेसम्म चाँडो गर्नुपर्छ ।”

अहिलेसम्म इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेका नेपाली चलचित्र प्रायः विदेशीको को–प्रोडक्सन रहेका चलचित्र मात्रै रहेको भन्दै उनी बजार विस्तार र गुणस्तर दुवैमा यसले सुधार आउने बताउँछन् ।

सरकारले बाटो नखोल्दा संस्थागत रुपमा को–प्रोडक्सनका लागि भइरहेका प्रयासहरु पनि सफल नभएको निर्माता थापा बताउँछन् । आफूले चीनको एक कम्पनीसँग को–प्रोडक्सनका लागि गरेको प्रयासमा उक्त संस्था सकारात्मक रहे पनि कानुनी अड्चनका कारण काम सुरु हुन नसकेको उनले बताए ।

नेपालमा विश्व बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने चलचित्रका लागि कथाहरु प्रशस्त भए पनि बजेट अभावका कारण निर्माण गर्न नसकिएको चलचित्रकर्मीहरुले बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro