site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रकार महासंघ चुनाव : प्रदेश-१ मा एक हजार ४८७ मत खस्यो
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयन गर्न प्रदेश नम्बर-१ का सबै जिल्लामा आज मतदान सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसार संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन । प्रदेशका १४ वटै जिल्लामा सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश अध्यक्ष विक्रम लुइँटेलले दिएको जानकारीअनुसार गठबन्धनका उमेदवारको विषयमा संखुवासभामा विवाद हुँदा ढिलो गरी मतदान सुरु भएको थियो । प्रदेशभर कुल एक हजार ६१५ मतदाता रहेकोमा एक हजार ४८७ मत खसेको छ । प्रदेशमा २१ पदका लागि ४७ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रदेश-१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चौतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । जिल्लाहरुमा मतगणना सुरु भएको र आजै राति अबेरसम्म नतिजा आउन सुरु हुने प्रदेश अध्यक्ष लुइँटेलले जानकारी दिए ।

Global Ime bank

योपटक महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकैपटक निर्वाचन भएको छ । अलग अलग मतपत्रमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

महासंघको इलाम अध्यक्षमा विप्लव भट्टराई निर्वाचित भएका छन् । प्रेस युनियनको तर्फबाट उमेदवार बनेका उनले १०६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी सुजन तिमसिनाले ४८ मत पाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  २०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC