site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललितपुरविरुद्ध एपीएफ १० विकेटले विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले अपराजित यात्रा कायम राखेको छ । मंगलबार भएको खेलमा एपीएफले ललितपुर मेयर–११ लाई १० विकेटले पराजित गर्‍यो ।

त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर–११ ले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा विनाविकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि राजमती ऐरीले ३३ रन बनाइन् । त्यस्तै, इन्दु बर्माले २८ रनको योगदान गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

ललितपुर मेयर–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रनको योगदान गरिन् । त्यस्तै, सरस्वती कुमारीले १२ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

Global Ime bank

बलिङतर्फ एपीएफका लागि विनु बुढाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रेखा रावलले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र सीता रानामगरले समान एक/एक विकेट लिए ।

एपीएफले लगातार तीन खेलमा जित निकाल्दै फाइनल सम्भावनालाई जीवित राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC