site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चिकित्सा शिक्षामा भर्नाका लागि अनलाइन आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बीपीटी, बीएनएसलगायत शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत ९ देखि वैशाख  १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्न सकिनेछ ।

खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ । खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गई ट्रान्ज्याक्सन आईडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्न सकिने खल्तीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC