देश
काठमाडौं । कोरोनाका कारण पूर्वप्रधान सेनापति अर्जुननरसिंह राणाको निधन भएको छ ।
९१ वर्षको उमेरमा उनको निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपनि उनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राणा २०४० देखि ४४ सालसम्म प्रधानसेनापति भएका थिए । उनी पाकिस्तानका लागि पूर्वराजदूत समेत रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७ १०:०१
प्रतिक्रिया दिनुहोस्