काठमाडौं । स्टार खेलाडी नेयमारले रातोकार्ड खाएको खेलमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा फुटबलमा पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा पीएसजी पराजित हुँदा शीर्ष स्थानमा आफूलाई बलियो बनाउने अवसर गुमाएको छ ।
लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । पहिलो हाफमा जोथानले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।
उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा पीएसजीका नेयमार र लिलका थिएगो डिजालोले रातोकार्ड खाँदा दुबै टिम १० खेलाडीमा सीमित भएका थिए ।
जितसँगै लिलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । लिगमा ३१ खेल खेलेको लिलको ६६ अंक छ । दोस्रो स्थानको पीएसजीको ३१ खेलबाट ६३ अंक छ ।