site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सशस्त्र सेमिफाइनलमा, आयोजक स्तब्ध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १९औँ आहा-रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सशस्त्रले आयोजक टोली सहारा क्लबलाई १–० ले पराजित गरेको हो ।

सशस्त्रका आशीष लामाले खेल सकिन तीन मिनेट बाँकी रहँदा गरेको गोल नै नतिजामा निर्णायक बन्यो । प्रदीप लामाले डीबक्सभित्र दिएको बललाई आशीषले गोलमा परिणत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै सशस्त्रले सेमिफाइनलमा स्थान बनाएको छ । सशस्त्रले दुई वर्षअघि पनि सहारालाई उद्घाटन खेलमै पराजित गरेको थियो ।

सशस्त्रले अब सेमिफाइनलमा मनाङ-मर्स्याङ्दी र संकटा क्लबबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

Global Ime bank

सहारा क्लबले प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सम्मान गरेको थियो । रिजाललाई नगद ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC