काठमाडौं । साविक विजेता टोली फ्रान्सले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा साँघुरो जित निकालेको छ । विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले उपाधि जित्न सफल भएको थियो ।
बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १–० गोल अन्तरले हरायो ।
बोस्निया र हर्जगोभिनाको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सका लागि ग्रिजम्यानले दोस्रो हाफमा गोल गरेका हुन् । उनले खेलको ६० औं मिनेटमा गरेको गोलकै कारण फ्रान्सले खेल जित्न सफल भएको हो ।
जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ । समूह ‘डी’मा फ्रान्स शीर्ष स्थानमा छ । बोस्निया १ अंक जोडेर चौथो स्थानमा छ ।