site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवकाशको एक हप्तामै लोकसेवाको उपहार !
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रमुख सचिव विष्णुप्रसाद नेपाल अवकाश पाएको एक हप्ता नपुग्दै प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।

यही चैत १ गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका नेपाललाई गण्डकी प्रदेश सरकारले चैत ६ गते अध्यक्षमा नियुक्त गरेको हो । चैतमा अवकाश पाउनुअघि उनलाई गण्डकी सरकारले एक लाख रुपैयाँ राशिको विशिष्ट प्रदेश निजामती कर्मचारीको पुरस्कारले सम्मान गरेको थियो । यो पुरस्कार यसअघिको कार्यविधिमा नै थिएन ।

गएको पुस २० गतेको गण्डकी मन्त्रिपरिषद् बैठकले उक्त पदसहित प्रोत्साहन पुरस्कार पद पनि सिर्जना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकमा एजेन्डा लैजाने प्रमुख सचिवले हो । त्यति बेला प्रमुख सचिवको हैसियतमा रहेका नेपाल आफैँले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । उक्त कार्यविधिलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो । पुरानो कार्यविधि खारेज भयो ।

KFC Island Ad
NIC Asia

पुरानो कार्यविधिअनुसार प्रदेश सरकारको एक वर्ष सेवा गरे मात्रै कर्मचारीले विभागीय प्रमुखको सिफारिसमा पुरस्कारको लागि आवेदन भर्न पाउँथे । तर, नयाँ कार्यविधिअनुसार ६ महिना मात्रै सेवा गरे पनि मन्त्रिपरिषद्ले चाहे उक्त कर्मचारीले पुरस्कार पाउन सक्ने व्यवस्था राखिएको छ ।

प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि, २०७५’ खारेज गरेर नयाँ ‘प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ । यो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेपछि एकजना मन्त्रीले ‘एक व्यक्तिलाई टार्गेट गरेर ल्याइएको प्रस्तावजस्तो देखियो’ भनेर कुरासमेत उठाएका थिए । “सरकारले चाहे दिनसक्छ । नदिन पनि सक्छ नि,” एक मन्त्री भन्छन् ।

Royal Enfield Island Ad

अनिवार्य अवकाश पाउन लागेका सचिवलाई सरकारले अर्को पनि पुरस्कार दिएछ है ? भन्ने प्रश्नमा ती मन्त्रीले भने, “अब अवकाश हुने भनेपछि दिऊँ न त भनेको हो । लोकसेवा नियुक्त हुनेबारे त हामीलाई थाहै थिएन ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा काम गरेका एक पूर्वसचिव भन्छन्, “पहिले एक वर्षको कार्यविधि थियो । मलाई पनि नाम राख्न भन्नुभएको थियो । मचाहिँ कार्यविधिले मिल्दैन भनेर लिइनँ । आफ्नो अनुकूलमा गर्नुभयो होला । मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने प्रमुख सचिव आफैँले हो । उहाँले हस्ताक्षर नगरेसम्म प्रस्ताव जाँदै जाँदैन नि !”

तत्कालीन प्रमुख सचिव हरि बस्यालको अग्रसरतामा संशोधन भएको कार्यविधिले प्रमुख सचिवलाई पनि पुरस्कारको व्यवस्था गर्‍यो । तत्कालीन प्रमुख सचिव बस्याल आफैँ पुरस्कृत भएका थिए ।

लोकसेवामा भागबन्डा

गण्डकीका तत्कालीन प्रमुख सचिव विष्णुप्रसाद नेपालले लोकसेवा आयोगको अध्यक्ष र कल्पना लम्सालले सदस्य पदको शपथग्रहण गरेका छन् । अध्यक्ष र सदस्य दुवैले बुधबार नै कार्यालयमा पुगेर पदबहाली गरे ।

प्रदेश सरकार स्थापना भएको तीन वर्ष पूरा भइसक्दा बल्ल आएर लोकसेवा आयोगमा नियुक्ति भएको हो । ऐन भने प्रदेशसभाबाट पोहोर साउनमै पारित भइसकेको थियो । भदौ १ गतेदेखि कार्यालय खुले पनि पदाधिकारीको नियुक्ति हुन नसक्दा आन्तरिक काम मात्र हुँदै आएको थियो ।

अध्यक्षमा पदबहाल गरेका नेपाल एमालेका तर्फबाट नियुक्त भएका हुन् । लम्साल कांग्रेस कोटाबाट सदस्य नियुक्त भएकी हुन् । प्रदेश सरकारको प्रमुख सचिवबाट उमेर हदका कारण चैत २ मा अवकाश पाएका नेपाललाई मुख्यमन्त्री अध्यक्ष रहेको समितिले गएको शुक्रबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । समितिले सदस्यमा तनहुँकी कल्पना लम्सालको नामसमेत प्रदेश प्रमुखसमक्ष पठाएको थियो । उनी दमौलीको आदिकवि भानुभक्त क्याम्पस उपप्रमुख हुन् ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ (३) बमोजिम आयोगको अध्यक्ष र सदस्यको नियुक्तिको लागि मुख्यमन्त्री अध्यक्ष, प्रदेशसभाको सभामुख र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । जसमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अध्यक्ष तथा सदस्यमा सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली छन् । तीन सदस्यीय समितिले आयोग अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्दा कम्तीमा एक महिलासहित बढीमा तीन सदस्य सिफारिस गर्न सक्ने व्यवस्था छ ।

मुख्यमन्त्री गुरूङले आफ्नो तर्फबाट आयोगको अध्यक्ष चुनेका हुन् । कांग्रेस संसदीय दलका नेता नेपालीले सदस्यमा लम्साललाई सिफारिस गरेका हुन् । सभामुख अधिकारीले भने आफ्नो तर्फबाट नाम दिन सकेका छैनन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सभामुख अधिकारीले आयोगको सदस्यका लागि नाम सिफारिस गर्न नसकेका हुन् ।

“उहाँले मैले भर्खरै थाहा पाएको छु, केही समय दिनुहोस् भनेर भन्नुभएको छ, नामचाहिँ तयार नभएको होइनन् । तर, केही समय माग्नुभएको छ, ” सभामुख निकट स्रोतले भन्यो ।

८७ हजार तिरेर भाडामा कार्यालय, पदाधिकारीलाई नौबुँदे सुविधा

सरकारले लोकसेवा आयोगको आफ्नै कार्यालय भवन भने बनाएको छैन । गत भदौदेखि कार्यालय सञ्चालनमा आएको छ । हालसम्म चारजना कर्मचारी मात्रै कार्यालयमा छन् । लोकसेवा आयोगको कार्यालयको मासिक भाडा खर्च मात्र ८७ हजार रुपैयाँ रहेको छ ।

बुधबार नियुक्त भएका पदाधिकारीले विभिन्न नौ बुँदामा सुविधा पाउँछन् । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार आयोगका अध्यक्षले मासिक ६० हजार ६८० रुपैयाँ पारिश्रमिक पाउँछन् । सदस्यले मासिक ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसबाहेक, आवास सुविधाबापत मासिक २० हजार, सञ्चार, धारा बिजुली, लुगाभत्ता, इन्धन, मोबिल, अतिथि सत्कार र दैनिक भत्ता र भ्रमण भत्ता उनीहरुले पाउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro