site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई भने- किनेर गर्ने व्यापार खास व्यापार होइन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् ।

शुक्रबार साँझ बालुवाटारमा उद्योगी–व्यवसायीहरुसँगको भेटघाटमा उनले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नुलगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । तर, वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोहीअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकतातर्फ लम्कने आश्वासन उनले दिए ।

उनले भने, “हामी देश विकास गर्न चाहन्छौँ । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकीय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यसबाटोमा अघि बढ्न नसक्नु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विभिन्न नीतिगत व्यवस्था सही बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासको गति समात्न नसकेको बताए । मुलुकमा पूर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने, आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दाबी गरे ।

उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतको उत्थानबाट सम्मृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे । उनले उत्पादन, उद्योगलगायतको समग्र उत्थानका लागि सरकार आवश्यक काम गर्न तयार रहेको भन्दै उपयुक्त र तथ्यपरक आधारसहित सुझाव दिन आग्रह गरे ।

Global Ime bank

उद्योग–व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग–व्यवसाय गतिशीलताका साथ अघि बढ्नुपर्ने बताए । स्वदेशी उत्पादनको प्रयोग मात्रै नभई गुणस्तरीय स्वदेशी उत्पादन बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिए ।

प्रधानममत्री ओलीले ‘कोही पनि पछाडि छोडिनु हुँदैन, पछाडि पर्नु/पारिनु हुँदैन’ भन्ने भनाइलाई सार्थक रुपमा अगाडि बढाउने बताए । उनले अटोमोबाइल्सका समस्याको कुराभन्दा पनि नेपालमै अटोमोबाइल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिए । त्यसैगरी, रोजगारी दिनेखालका इन्ड्रष्ट्रिज खोल्न पनि उनले उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

“अटोमोबाइल्स यहीँ खोल्नुभयो भने तपाईंहरुले सोचेको भन्दा बढी सुविधा दिन्छौँ । खोल्नुहोस्, एउटा अटोमोबाइल्स । के सुधार गर्नुपर्यो ? कसैले अध्यादेश ल्याउनै हुँदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याउँछ सरकारले । ६ महिना संसद् श्रद्धाञ्जलि दिँदै उठ्दै गर्दा अनि हामीले अत्यावश्यक कुरामा... यस्तो कुराहरुमा विलम्ब गर्न सक्तैनौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक कच्चापदार्थ बाहिरबाट ल्याएर उद्योगधन्दा भने स्वदेशमै सञ्चालन गर्न सुझाव दिए । उनले भने, “आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । म पनि चामल किनेर खान्छु, म व्यापारी भएँ ? किनेर गर्ने व्यापार खास व्यापार होइन ।”

पेट्रोलियम इन्धनबाट सञ्चालित सबै गाडी २० वर्षपछि विस्थापित गरिने भएकाले अहिलेदेखि नै इलेक्टिक भेइकलको उद्योग खोल्न पनि उनले सुझाव दिए । “इलेक्ट्रिक भेइकलको उद्योग खोल्नुहोस् न अहिलेदेखि नै । पार्टीको घोषणापत्रमा उल्लेख भएका विषयहरु बिर्सेको छैन । मेरो घोषणापत्र र मेरा कामहरु सम्झना छ । ढुंगा टिपेर हानिदियो, जहाँ झर्यो त्यसैलाई ताकेकै त्यही हो भन्दैनौँ । हामी टार्गेट बनाएर हिँडेका छौँ ।”

उद्योगीले मागेको बिजुली दिन नसकेको स्वीकार गर्दै उनले पहिलेदेखि बिग्रिएको स्थितिलाई सरकारले सम्हाल्दै गरेको बताए । खपतको क्षमता वृद्धिसँगै सहप्रयोगको सिद्धान्तानुसार तार व्यवस्थापनको काम गर्न लागिएकाले विद्युत्को सवालमा केही समय लाग्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सडक सञ्जाल विकासलगायतका उपलब्धिको पनि चर्चा गरे । उनले व्यवसायीको मागानुसार ब्युरोक्रेटिक समस्या समाधान गर्न सरकार लागिरहेको बताए । उनले उद्योगीका समस्या सुन्नका लागि मात्रै नभई सम्बोधन गरेर अघि बढ्नका लागि छलफल गरिएको भन्दै सरकार निजी क्षेत्रको समस्या सुनेर मात्रै नबस्ने बताए ।

उनले भने, “सुनेर पारित गर्ने हो र ? सुनेर पाप कट्छ भनेर होइन, काम गर्न र अवस्थामा परिवर्तन ल्याउनका लागि बसेको हो । निजी क्षेत्रको समस्या नसुन्ने, त्यत्तिसम्म नि होइन, यो सरकार ।”

विगतमा आफ्नै देशभित्र काम गर्ने अवस्था सिर्जना नभएपछि युवाहरु खाडी मुलुक पस्न बाध्य भएको भन्दै उनले वर्तमान सरकार समग्र समाजको सामाजिक, राजनीति उत्थानका साथ स्वस्थ अर्थतन्त्र मौलाओस् भन्ने पक्षमा रहेको बताए । उनले भने, “खाडीमा मान्छेहरु अहिलेको सरकारले पुर्याएको हो र ? द्वन्द्वका कारण पुगेको हो नि ।”

कार्यक्रममा उद्योगी–व्यवसायीले आ–आफ्नो क्षेत्रको समस्या र सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाएका थिए । केही उद्योगीले चुनावको बेलामा घोषणापत्रमा समावेश गरेका कुरालाई सत्तामा पुगेपछि बिर्सने गरिएको भन्दै व्यवसायीलाई स–सम्मान व्यवसाय गर्ने वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC