site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
७ महिनामा १४ प्रतिशत कर्जा विस्तार, सेयरका साथै कृषि र आयातमा उच्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ का कारण गत आर्थिक वर्षको अन्तिम त्रैमास र चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कर्जा लगानी ठप्प जस्तै हुँदा बैंकहरुको ब्याजदर न्यून विन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा २०७७ पुसको तुलनामा माघमा ब्याजदर घटेको देखिन्छ ।

२०७७ पुस मसान्तमा ७.१८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७७ माघमा ६.९७ प्रतिशतमा झरेको छ । यस्तै पुसमा ५ प्रतिशत रहेको निक्षेपको भारित औसत ब्याजदर माघमा ४.८६ प्रतिशत र पुसमा ९.०९ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर माघमा ८.८९ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

माघमा पर्याप्त तरलता रहको अवस्थामा बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा आधार ब्याजदर साथै कर्जाको ब्याजदर पनि घटेको थियो । फागुनमा पनि बैंकहरुले ब्याजदर करिब स्थिर नै कायम गरे पनि चैतबाट भने निक्षेपको ब्याजदर सामान्य बढाएका छन् । यसले अब क्रमिक रुपमा कर्जाको ब्याजदर पनि बढ्दै जानेछ ।

ब्याजदर घटेको र प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकहरु कर्जा प्रवाहमा भने ‘एग्रेसिभ’ नै देखिएका छन् । चालु आर्थिक वर्षको ७ महिनामै बैंकहरुले निजी क्षेत्रमा प्रवाह हुने कर्जा १४.१ प्रतिशतले विस्तार गरेको राष्ट्र बैंकले जनाएको छ । जबकि सोही अवधिमा बैंकहरुको निक्षेप भने ९.८ प्रतिशतले मात्रै बढेको छ । निक्षेप संकलन र कर्जा विस्तारमा देखिएको ठूलो अन्तरले गर्दा बैंकिङ प्रणालीमा तरलता क्रमशः घट्दै जाँदा ब्याजदरमा चाप पर्ने अवस्था देखिएको हो ।

Global Ime bank

कृषिमा उच्च कर्जा, प्रकृतिअनुसार सेयर र आयातमा बढी
चालु आर्थिक वर्षको सबैभन्दा धेरै कर्जा कृषि क्षेत्रमा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्‍चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको उल्लेख छ ।

कर्जाको प्रकृति हेर्न हो भने यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सबैभन्दा धेरै कर्जा  मार्जिन ‘लेन्डिङ’ तथा आयातमा बढी गएको देखिन्छ । ७ महिना प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा (सेयर धितो)  ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ  । हायर पर्चेज कर्जा भने ५.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC