site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सामान्यतः साहित्य, चित्रकला, संगीतजस्ता ललितकलाका विभिन्न विधासँग मात्र सम्बद्ध जस्तो लाग्ने प्रतिलिपि अधिकारसम्बन्धी राज्यको व्यवहार सम्बन्धित समाजको सभ्यताको पनि कसी हो । नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन भएर पनि त्यसको पालना गर्न गराउन समाज र सरकार दुवै गम्भीर देखिएका छैनन् । सम्भवतः यसैले व्यक्तिको सम्पत्ति सरहको प्रतिलिपि अधिकारको रक्षा गर्ने  प्राथमिक कर्तव्य पूरा गराउन पनि आन्दोलन गर्नुपरेको हो ।

प्रतिलिपि अधिकार हनन चोरी वा डकैतीजत्तिकै गम्भीर अपराध हो । अरू कसैको सम्पत्ति त्यसको स्वामीलाई थाहै नदिई वा बलपूर्वक निजको अनुमतिविना उपभोग गर्नुजस्तै कुकार्य हो प्रतिलिपि अधिकार हनन । तर, नेपाली समाजले भने यसलाई सहज मानेको देखिन्छ । कुनै स्रष्टाको सिर्जना अरू कसैले अनधिकृतरूपमा प्रयोग गरेको थाहा पाउँदा पनि समाजमा कसैले चासो राखेको देखिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

समाज  र राज्यले मात्र हैन स्रष्टा स्वयं पनि आफ्नो सिर्जनामाथिको अधिकारप्रति सजग देखिँदैनन् । कसैले आफ्नो प्रतिलिपि अधिकारको हनन गरेको देख्दा पनि बेवास्ता गर्ने स्रष्टा नै बहुसङ्ख्यामा छन् । त्यसो त प्रतिलिपि अधिकार कायम गर्न आवश्यक प्रशासनिक औपचारिकता पूरा गर्न पनि  झन्झट मान्ने स्रष्टाका कारण पनि प्रतिलिपि अधिकार गर्न तम्सनेहरूलाई सहज भएको छ ।

राज्यले देखाएको यही उदासीनताका कारण स्रष्टाहरू त पीडित, शोषित भएकै छन् विज्ञान वा वाणिज्यका क्षेत्रमा पनि नयाँ अन्वेषण, अनुसन्धान र प्रयोग हतोत्साहित भएको छ । कानुन बनासकेपछि सरकारले त्यसको कार्यान्वयनका लागि आवश्यक प्रविधि र जनशक्ति पनि जुटाउनुपर्छ । नेपालका शासकहरूले भने यो सामान्य सत्य पनि कहिल्यै आत्मसात गरेनन् । यसैले प्रतिलिपि अधिकार चरितार्थ गर्ने विषयमा पनि समस्या उत्पन्न भएको हो । 

Global Ime bank

यसैले प्रतिलिपि अधिकारको संरक्षण गर्न राज्य, समाज, स्रष्टा र  अन्वेषक स्वयं पनि सजग एवं क्रियाशील हुनु आवश्यक देखिन्छ । प्रतिलिपि अधिकारको सम्मान गर्ने कार्य संस्कृतिको विकास गर्न सके नेपालमा पनि सिर्जना र अन्वेषण प्रोत्साहित हुनेछ । राष्ट्रको उन्नति र वैभव डाँडाको चुचुरामा ठड्याइने सिमेन्ट र स्टिलका टावरमा हैन कला, साहित्य र ज्ञान विज्ञानमा समाजले गरेको प्रगतिमा निर्भर हुन्छ ।  प्रतिलिपि अधिकारको सम्मान र संरक्षणमा समाज र राज्यले ध्यान दिएर समुन्नत भविष्यको ढोका खोलौँ ।   


  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC