site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंक बिग मर्जरको निर्णायक मोडमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरको निर्णायक  छलफलमा पुगेका छन् । यही आइतबार बसेको हिमालयन बैंकको बोर्ड बैठकमा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) पेस भएको थियो । उक्त प्रतिवेदनसँगै हिमालयन बैंकको नेतृत्व नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान सकारात्मक देखिएको स्रोतले जनाएको छ ।

दुवै बैंकको मर्जर समिति मर्जरका लागि सकारात्मक रहेको स्रोतले जनाएको छ । डीडीए रिपोर्टमा हिमालयन बैंक केही अंकमाथि देखिए पनि १:१ बराबरको स्वापमा मर्जरमा जाने सकिने अवस्था देखिएको स्रोत बताउँछ । दुई बैंकबीच मर्जरका लागि केही समूहले आनाकानी गरेको भए पनि हिमालयन बैंकको गत आइतबार बसेको सञ्चालक समितिको बैठकमा डीडीए रिपोर्ट प्रस्तुत भएसँगै मर्जरका लागि सकारात्मक बाटो बनेको एक सञ्चालकले बताए ।

डीडीए रिपोर्ट आएसँगै दुई बैंकबीचको मर्जर सम्भावना सकारात्मक बनेको र हिमालयन बैंकको अर्को साता बस्ने सञ्चालक समितिको बैठक निर्णायक हुने सक्ने एक सञ्चालकको दाबी छ । हिमालयन बैंकमा विदेशी साझोदार पनि रहेको र कर्मचारी सञ्चय कोष पनि ठूलो संस्थापक सेयरधनी भएकाले बैंकलाई फास्ट ट्रयाकमा निर्णय गर्न समस्या देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई बैंकबीच मर्जरका लागि सबैभन्दा ठूलो समस्या पद व्यवस्थापन देखिएको स्रोत बताउँछ । दुई बैंकबीच नाममा ठूलो समस्या नभए पनि पद व्यवस्थापन चुनौती रहेको र उक्त समस्या समाधान भए दुई बैंबीच मर्जर हुनसक्ने स्रोत बताउँछ ।

हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम भने दुवै बैंककको डीडीए रिपोर्ट आएपछि यही आइतबार बसेको सञ्चालक समिति बैठकमा डीडीए रिपोर्ट पेस भएर छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको बताउँछन् । हिमालयन बैंक अन्य बैंकसँग पनि मर्जरका लागि खुला रहेको तर प्राथमिकतामा भने नेपाल इन्भेष्टमेन्ट नै रहेको उनले बताए । “डीडीए रिपोर्टबाट दुवै बैंकको आफ्नो पोजिसन क्लियर भएको छ,” उनले बाह्रखरीसँग भने, “हाम्रो आइतबार बसेको बोर्ड बैठकमा आन्तरिक छलफल भयो, सोही बैठकमा हाम्रो पोजिसन के छ भनेर डीडीए रिपोर्ट पनि प्रस्तुत भएको हो, सोही आधारमा अर्को बैंकसँग पनि छलफल भएपछि मात्रै कुरा टुंगिने हो ।”

Global Ime bank

तर हिमालयन बैंककै मर्जर समितिका एक सदस्य भने नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको छलफल सकारात्मक भएको बताउँछन् । यद्यपि आइतबार हिमालयन बैंकको बोर्ड बैठकमा डीडीए रिपोर्ट पेस भए पनि आधिकारिक निर्णय हुन बाँकी नै रहेकाले आगामी साता बोर्ड बैठक बसेर ठोस निर्णय गर्नसक्ने सम्भावना रहेको बताइन्छ ।

 

‘डीडीए’ रिपोर्ट भन्छ- ‘स्वाप रेसियो १:१’, पदीय भागबन्डा नमिल्दा मर्जर भाँडिदै

दुवै बैंकका मुख्य सेयरधनीबीच पारिवारिक सम्बन्ध रहेकाले पनि मर्जर हुनेमा आशावादी देखिएका थिए । हिमालयन बैंक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयनशमसेर राणाको नेतृत्वमा स्थापना भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुन् । उनी पनि हिमालयन बैंकको संस्थापकमध्ये एक हुन् । पाँडे हिमालयशमशेर राणाका ज्वाइँ पनि हुन् ।

अहिले पनि पाँडे हिमालयन बैंकका ठूला सेयरधनीमध्येका एक हुन् । यसबाहेक चिनी उद्योगी शशिकान्त अग्रवालको पनि दुवै बैंकमा बलियो होल्डिङ छ । दुवै बैंकमा केही समान सेयरधनी हु्नुले पनि हिमालन र इन्भेस्टमेन्ट बैंकको मर्जरलाई चासोका साथ हेरिएको छ । यी दुई बैंकले नै नेपालमा वाणिज्य बैंकहरुको मर्जरको नेतृत्व लिन सक्ने बैंकिङ क्षेत्रका जानकरहरु बताउँछन् । प्रथम गभर्नरको नेतृत्वमा स्थापना भएको बैंकले बिग मर्जरको नेतृत्व लिए मात्रै बिग मर्जर सफल हुनसक्ने जानकारहरु बताउँछन् ।

हिमालयन र इन्भेष्टमेन्ट दुवै विदेशी साझेदार लिएर स्थापना भएका नेपालको पुराना बैंकहरु हुन् । साबिकको इन्डास्विस हालको नेपाल इन्भेष्टमेन्ट बैंकबाट विदेशी साझेदार बाहिरिने भए पनि र हिमालयन बैंकमा केही विवाद देखिए पनि केही हिस्सा हिमालयन बैंकको संस्थापन सेयर बिक्री गरेर पृथ्वीबहादुर पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकमा पुगेका थिए । उनी अहिले पनि हिमालयन बैंकको ठूला सेयरधनीमध्येका एक हुन् ।

हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी पाकिस्तानको हबिब बैंक हो भने दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । कोषका प्रशासक तुलसी गौतम हाल बैंकको अध्यक्ष छन् ।

हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंक मर्जरका लागि सकारात्मक भए पनि उनीहरु मर्जरका लागि भने विश्वस्त भने छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC