site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
८३ प्रतिशत नागरिकको पहुँचमा इन्टरनेट सेवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्यंकाअनुसार मंसिर मसान्तको तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मंसिरमा कुल दुई करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कुल जनसंख्यामध्ये ८२.७९ प्रतिशत नागरिकको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्यांकानुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६०.३४ प्रतिशत छ । एक करोड १२ लाख बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै, फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ रहेका छन् ।

Global Ime bank

प्राधिकरणको तथ्यांकानुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका दुई लाख १९ हजार रहेका छन् ।

यस्तै, फिक्स ब्रोडब्यान्डको हिस्सा २१.६८ प्रतिशत छ । यसमा एडीएसएलका आठ लाख ६४ हजार र एफटीटीएच इन्टरनेटका ५६ लाख ११ हजार रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC