site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफको लगातार दोस्रो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । 

आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
क्रिकेट मैदानमा भएको खेलमा पुलिसले दिएको २५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफको जितमा सन्दीप जोराले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुवास खकुरेलले पनि ५० रनको अर्धशतकीय इनिङ्स खेले । आसिफ सेखले ४२ रन जोड्दा कमल ऐरीले १४ रन बनाए । बलिङपुतर्फ पुलिसका लागि पवन सर्राफले ५ विकेट लिए । योगेन्द्रसिंह कार्कीले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । 

Global Ime bank

प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका उनले उनले समग्रमा १३१ बल खेल्दै ११ चौका र ६ छक्काको सहयोगमा १४० रन बनाएका थिए । 

नेपाली राष्ट्रिय टोलीका उप-कप्तान समेत रहेका दीपेन्द्रले प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका हुन् । पुलिसका लागि पवन सरार्फले ३५ रन बनाउँदा सुनील धमलाले ३३ रन बनाए । 

बलिङतर्फ एपीएफका लागि कप्तान शरद भेषावकरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा अमर राउटेलाले एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC