काठमाडौं । सन्दीप लामिछाने र सौरभ खनालले उत्कृष्ट पारी खेल्दा मेयर कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले वाग्मती प्रदेशलाई २४४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर-११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनायो ।
काठमाडौं मेयर-११ का लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ४९ रन बनाउन सफल भए ।
त्यस्तै २० बल खेलेका सन्दीपले ६ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भए । सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रनको योगदान गरे ।
बलिङतर्फ वाग्मतीका लागि नन्दन यादवले सार्वाधिक ४ विकेट लिए । त्यस्ते अरियो पौड्यल र रामनरेश गरीले समान दुई–दुई विकेट लिए । दीपेश श्रेष्ठले एक विकेट लिए ।