site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बी डिभिजन लिग : ब्वाइज युनियनलाई हराउँदै खुमलटार विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जीवितै राखेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा खुमलटारले ब्वाइज युनियनमाथि ३-० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जीवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जीवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्तरीय खेल देखाएको खुमलटारको जितमा सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे । सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ४३औं मिनेटमा सविनले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा लिएको २-० को अग्रतालाई कामय राख्दै खेल देखाएको खुमलटारका लागि ७४औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवन्त राखेको हो ।

अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ जोडेर तालिकाको चौथो स्थानमा यथावत् छ । यसअघि बुधबारै सम्पन्न दिनको पहिलो खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले एक/एक गोलको बराबरी खेल्दा अंक बाँडेको छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँबस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । ३९औं मिनेटमा नयाँबस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Global Ime bank

तर ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुवै टोलीले अंक बाँड्न पुगे । बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC