site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिमा समितिले गठन गर्‍यो पुनर्बिमाको अध्ययन समिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालमा पुनर्बिमा व्यवसायको अध्ययन गर्न समिति गठन गरेका छन् । समितिका बिमा विज्ञ भोजराज शर्माको नेतृत्वमा नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे र स्वतन्त्र चार्टर्ड एकाउन्टेन सुजन आचार्य सदस्य रहेको तीन सदस्यीय अध्ययन समिति गठन भएको समिति अध्यक्ष सिलवालले बताए ।

“पुनर्बिमाको अहिलेको अवस्था कस्तो छ, नेपालका कति बिमा कम्पनी सरकारले तोकेबाहेक पुनर्बिमा कम्पनीमा रिस्क सेयर गरेका छन्, हामीले कति पुनर्बिमा घटाउन सकेका छौं,” उनले भने, “विदेशमा पुनर्बिमा कम्पनी कसरी सञ्चालन भइरहेका छन् र नेपालमा पुनर्बिमा बजारजस्ता विषयमा समितिले अध्ययन गर्नेछ ।” समितिले कुन कस्तो प्रतिवेदन बुझाउँछ र प्रतिवेदनले के सिफरिस गर्छ त्यसपछि छलफलको विषय बन्ने उनले बताए । पुनर्बिमाको लाइसेन्स दिने नदिने अध्ययन प्रतिवेदन र त्यसपछिका छलफलले नै निष्कर्ष निकाल्ने उनको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले पुनर्बिमाको मात्रै अध्ययन गर्ने उनले बताए । गत शुक्रबारै अध्ययन समिति गठन गर्ने निर्णय भए पनि आज मात्रै उनीहरूले पत्र बुझेको सिलवालले बताए । समितिले तीन सातामा आफ्नो प्रतिवेदन बुझाउने उनले जानकारी दिए । 
बिमा समितिको नेतृत्वमा चिरञ्जीवी चापागाईं रहँदै विभिन्न समूहले नयाँ पुनर्बिमा कम्पनी खोल्ने भन्दै कम्पनी दर्ताको लागि दिन समितिमा दबाब बढाइरहेका थिए । तर समितिले भने कुनै पनि फाइल दर्तासमेत नगरको बताएको थियो । 

नयाँ अध्यक्ष आएसँगै समितिमा कम्पनी दर्ताका लागि प्रस्तावित अन्नपूर्ण, प्रुडेन्सियल र जेन्युन रि-इन्स्योरेन्स नाम प्रस्वावसहित फाइल दर्ता भइसकेका छन् भने कोठमाडौं रि-इन्स्योरेन्स नाम प्रस्ताव गर्दै अर्को एक समूहले बिमा समितिमा फाइल पेस गर्ने तयारी गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC