बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘नागरिकलाई सडकछाप बनाउने कस्तो सरकार ?’ (१० तस्बिर)
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । अभियन्ताहरुको रिहाइको माग्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

बालाजु, बाइपासमा सडक विस्तारको क्रममा घर भत्काउँदै गर्दा रोक्न गएका अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो । सडक विस्तारको नाममा गैरकानुनी रूपमा घर भत्काएको भन्दै उनीहरु रोक्न गएका थिए ।

पक्राउ परेका अभियन्ताको तत्काल रिहाइको माग गर्दै बृहत् नागरिक आन्दोलनले धर्नासहित प्रदर्शन गरेको हो । सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, रुक्षित क्षेष्ठ, दीपेन श्रेष्ठलगायतका अभियन्तालाई केही दिनअगाडि बालाजुबाट प्रहरीले पक्रेको थियो ।

Agani Group

अभियन्तालाई पक्राउ गरेर प्रहरीले जबर्जस्ती थुनामा राखेको भन्दै पछिल्ला केही दिनदेखि बृहत् नागरिक आन्दोलन समूह विरोध प्रदर्शनमा उत्रिएको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रहरी हिरासतमा रहेका अभियन्ताहरु रिहा गर’, ‘कानुनी राज्यको प्रत्याभूत गर’, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्