काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।
सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै बुधबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले लामिछानेको पुतला दहनसमेत गरेका थिए । उनीहरूले 'गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर'सहितका नारा लगाएका थिए ।
नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्