खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन् ।
अष्ट्रेलियन प्रशिक्षक फिलिप्सलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाको टेक्निकल कमिटिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।
नेपाल गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि महिला टोली प्रशिक्षक विहीन थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७ १५:२३
प्रतिक्रिया दिनुहोस्