site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इंग्ल्यान्डविरुद्ध दोस्रो टेस्टमा भारत विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट जितको छ । घरेलु टोली भारत पहिलो टेस्टमा २२७ रनले पराजित भएको थियो ।

मंगलबार चेन्नाईमा भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३१७ रनले पराजित गरेको हो । जितसँगै भारतले चार खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतले दिएको ४८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा १६४ रन बनाएर अलआउट भएको हो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाए । जोय रुटले ३३ रन जोडे । बलिङतर्फ भारतका लागि अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।

यसअघि, दोस्रो इनिङ्समा भारतले अलआउट हुनुपूर्व २८६ रन बनाएको थियो । भारतका लागि रविचन्द्र आश्विनले १०६ रनको शतकीय पारी खेले । यस्तै, कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका लागि ज्याक लिच र मोईन अलीले ४/४ विकेट लिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC