site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सञ्चालनमा छैनन् अधिकांश सीसीटीभी
Sarbottam CementSarbottam Cement

भरतपुर । जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् ।

सीसीटीभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सीसीटीभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सीसीटीभी सडकमा जडान भएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर महानगरपालिकाको २९ स्थान, रत्ननगर नगरपालिकाको सात स्थान र खैरहनीको ६ स्थानमा थप सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको हो । हाल जिल्लाका ४० स्थानमा रहेका सीसीटीभीमध्ये भरतपुर महानगरपालिकाको ३७ स्थान, इच्छाकामना गाउँपालिकाको मुग्लिन र कालिका नगरपालिकको जुटपानीमा छ ।

थापाका अनुसार सीसीटीभी अभाव हुँदा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्न कुनै पसलले वा अफिसले राखेको सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए ।

Global Ime bank

“जिल्ला प्रवेश गर्ने कुनै नाकामा सीसीटीभी छ भने कुनैमा छैन, भएका पनि आधुनिक छैनन्,” उनले भने । पुलचोक र मुग्लिनमा सीसीटीभी छन् भने फिसलिङ र लोथरमा छैनन् । अर्को जिल्ला प्रवेश नाका माडी भए पनि उक्त स्थानलाई हाल अतिआवश्यकमा नसमेटिएको थापाले जनाए । “थप पहिचान गरिएका स्थानमा सीसीटीभी नभई हुँदैन भनिएको हो । त्यति भए यथेष्ट हुन्छ भन्ने होइन,” थापाले भने ।

सडकमा जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुम प्रहरी कार्यालयमा राखिन्छ तर सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ । विशेषगरी सीसीटीभी जडान तथा मर्मत गर्ने काम स्थानीय सरकारको हुन्छ । स्थानीय सरकार तथा सङ्घीयता आउनुअघि विभिन्न संघ-संस्था तथा सडक डिभिजनको समन्वयनमा सीसीटीभी जडान गरिने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन । चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम थाल्न पनि सकेका छैनन् । -रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC