खेल
काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पुलिसले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्यो । पुलिसले ‘डर्बी’ क्लब एपीएफमाथि २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो ।
उपाधिसँगै पुलिसले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले ७५ हजार पायो ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७ २०:५४
प्रतिक्रिया दिनुहोस्