site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराटनगरमाथि आर्मीको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सातौं जित निकालेको छ ।

बिहीबार भएको खेलमा विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको हो । आर्मीको यो लिगमा सातौं जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला विकले २/२ गोल गरे । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक-एक गोल भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १८औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २२औं मिनेटमा सपनाले गरेको गोलबाट आर्मीले आफ्नो अग्रता दोब्बर पार्यो । ३१औं मिनेटमा आर्मीले डिफेन्डर विमला विकले गोल गर्दै टिमको अग्रता ३-० को बनाइन् ।
 
३४औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाइन् । ३९औं मिनेटमा रश्मीले गोल गर्दा आर्मीले आफ्नो अग्रता ५-० बनायो । 

पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५०औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अफ्नो अग्रता ६-० बनायो । 

Global Ime bank

५४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७-० को जित दिलाइन् । जितसँगै दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC