देश
काठमाडौं । साँखुको शालीनदीमा एक महिना मनाइने श्री स्वस्थानी तथा माधवनारायण व्रतमा सहभागी व्रतालुहरु पशुपतिनाथ मन्दिर आएका छन् ।
‘परदेश’ भ्रमण गर्ने परम्पराअनुसार व्रतालुहरु बुधबार पशुपतिनाथ मन्दिर आएका हुन् । उनीहरुले बिहीबार बिहानै वाग्मती नदीमा स्नान गरी पूजा गरे ।
व्रतालुहरु बिहीबारै पैदल हिँडेर हनुमानढोका हुँदै फर्पिङस्थित शेषनारायण मन्दिर पुग्नेछन् । शुक्रबार त्यहाँ स्नान गरी पैदलै साँखु फर्कने बताइएको छ ।
तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७ १७:११
प्रतिक्रिया दिनुहोस्